- २०५८ सालमा जन्मेको बालक अहिले २० वर्षे युवा बनेको छ । त्यति बेलाका स्थानीय निकायका जनप्रतिनिधिहरू अहिले ४५ देखि ६० वर्ष नाघेका छन् । यो उमेरको अन्तरालमा नेपाली राजनीतिमा धेरै परिवर्तन भएको छ ।
नेपालका हरेक राजनीतिक परिवर्तनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने युवाहरूको लामो पङ्क्ति अहिले नेपालका राजनीतिक दलका सङ्गठित, क्रियाशील राजनीतिमा स्थापित भएका छन् ।
राजनीतिक दललाई जनताका बीचमा स्थापित गर्ने काममा नेपाली युवाहरूले रगत पसिना खर्चेका छन् र नेपालका राजनीतिक दलहरूका हरेक अभियानहरूमा पार्टीलाई स्थापित गर्ने अभियानमा निरन्तर लागिरहेका छन् । नेपाली युवाहरूमा नेपालको विद्यमान राजनीतिक अवस्थाप्रतिको चिन्ता, चासो र गुनासाहरू पर्याप्त मात्रामा विद्यमान रहेका छन् । युवाहरुको हातमा देशको भविष्य छ ।
त्यस कारण पनि युवालाई स्थानीय निर्वाचनमा जिताउँन आम युवाहरु लाग्नु पर्छ । यो पार्टी त्यो पार्टि भन्दा पनि युवाहरुलाई अगाडी वढाउँन युवाहरु नै लाग्नु पर्ने दखिन्छ । त्यो सँगै देशभित्रै रहेर काम गर्ने अवसरको अभावले अधिकांश युवाहरू नेपाली राजनीतिबाट पर विभिन्न खाडी मुलुकहरूमा गएर रोजगारका लागि विदेशिएका छन् । अहिले राजनिति वुझेका परिपक्क युवाहरु राजनितिमा हामिएका छन । त्यस कारण पनि स्थानीय निर्वाचनमा उठेका नेतृत्वलाई अगुवाहरुले हचुवाको भरमा हिड्नु हुन्न ।
२०७९ वैशाखमा देशभर हुने स्थानिय चुनावको माहोल वने सँगै युवा पिडिमा चुनावको उत्साह थपिएको छ । निर्वाचनपछि देशभरिमा निर्वा्चित स्थानीय तहको क्रियाशीलताले एकातिर विकास निर्माण अभियानलाई योजनाबद्ध बनाउनेछ भने अर्कोेतिर जनताप्रति उत्तरदायी शासन व्यवस्था जनताको घर आँगनमा स्थापित हुनेछ । निर्वा्चित स्थानीय तहमा निर्वा्चित हुने जनप्रतिनिधिहरू स्थानीय जनताप्रति जवाफदेही र उत्तरदायी बन्ने प्रकृयाको थालनीले नेपालमा सुशासित शासन व्यवस्थाको सुरुवात पनि गर्नेछ ।
स्थानिय निर्वाचनमा युवाले निम्न भुमिका खेल्न सक्छन
–प्रतिनिधिलाई उत्तरदायी र सभ्य बनाउने
-उचिन नेतृत्व छनोटको लागि स्थानीय नागरिकलाई सहयोग पुर्याउने
-भिजन बिचार र काम गर्ने स्पष्ट धारणा भएका व्यक्तिलाई नेतृत्वमा ल्याउने
-भाषण र गफमा सिमित चुनाबी माहोललाई एजेण्डा र काममुखी बनाउने
-निर्वाचनलाई भएरहित र सभ्य बनाउने
सम्पादकीय । सोमबार, चैत २१, २०७८ मा प्रकाशित