Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

परिवर्तनको रक्षा एमालेले गर्ने



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले ल्याएको परिवर्तनको रक्षा एमालेले गर्ने बताउनुभएको छ ।

नेकपा एमालेले आज यहाँ आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारी एमालेले सम्हाल्न सक्ने सन्देश दिनका लागि जनताको बीचमा आएको बताउनुभयो ।


“गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्न सक्नुपर्छ । दसैँमा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन्”, उहाँले भन्नुभयो ।

नेपालको राजनीतिमा अढाइ सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैँका लागि बिदा गरिसकेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार