बाँके, १५ जेष्ठ । महिनावारी भन्ने बित्तिकै कतिपयको सोच नकारात्मकता तिर जान्छ । यस्तो सोच बनाउँछन् कि मानौ यो जानी जानी गरिएको कुनै अपराध हो ।
अहिलेको परिस्थिति महिनावारी बारे अनेकौं विचार सृजना गरि नारीहरुलाई उनीहरु कम्जोर रहेको भनी बोध गराउने प्रयास भैरहेको हुन्छ । जबकी महिनावारी कुनै अपराध होइन यो प्राकृतिक रूपमा हुने एउटा प्रक्रिया हो ।
सबैभन्दा पहिला हामीले बुझ्नु पर्ने कुरो हो कि महिनावारी हो के ? यो किन हुन्छ ? यो अवधीमा नारीहरुले कस्ता समस्याहरुलो सामना गर्नुपरेको हुन्छ ?
सबै पहिला यो बुझ्नुस कि महिनावारी कुनै अभिशाप होइन । यो युवती भएको उमेरदेखि केही उमेरको हदसम्म(४८-५० वर्ष) नारीहरुको गोप्य अङ्गबाट महिनामा एक पटक शरीरबाट दुषित रगत बग्ने प्रक्रिया हो । यो रगत बग्नुमा नारीहरुको कुनै अख्तियार हुँदैन । उनीहरुले जानी जानी यसलाई बगाउन सक्दैनन् । न त यसलाई रोक्न नै सक्छन् । यो प्रक्रिया प्राकृतिक रुपमा हुनेगर्छ । यहि त्यो रगत हो जसबाट नारीहरुको शरीरमा सन्तानको विकास हुनेगर्छ । यदि यो रगत बग्दैन भने सन्तान जन्मिँदैन ।
धेरै पहिलेको कुरो हो जब शैक्षिक विकास भएको थिएन । मानव जातीले उच्च स्तरीय जीवन बिताउन नयाँ नयाँ सिद्धान्त र कानूनको खोजिमा थिए। त्यो बखत नारीहरुको शरीरबाट मासिक रूपमा रगत बग्ने प्रक्रियालाई मनहुसियतको रूपमा देखियो । कतिपय समुदायमा यसलाई नारीहरुको अख्तियारमा रहेको भन्ने धारणा राखेर अनेकौं अधिकारबाट वञ्चित समेत गरियो ।
केहि समुदायले महिनावारीको समयमा नारीहरुलाई एउटा कोठामा कैद गरेर राख्ने कानून बनाए , भने कतिपयले महिनावारीको समयमा संभोग गर्नु उत्तम कार्य भएको मान्यता बनाए । त्यो समय यस्तो थियो कि जब कुनै पुरुष आफ्नो घरबाट टाढा हुन्थ्यो र उसले खबर प्राप्त गर्थ्यो कि श्रीमतीलाई महिनावारी भएको छ भने उ कामकाज छोडेर घर फर्किन्थ्यो र संभोग गर्थ्यो ।
तपाईंले महिनावारीको विषयमा विश्व समुदायको अवस्था बुझ्न किताब उठाउनु हुन्छ भने तपाईंले पाउनु हुन्छ कि धेरै जस्तो क्षेत्रमा महिनावारीको अवधीमा खानपिन, बस्न उठ्न, मेलमिलाप , पहिरन लगायतको सबै कुरामा प्रतिबन्ध लगाई केही विशेष चलन र प्रथाहरु उत्पत्ति भयो । नारीहरुलाई एक्लो बनाउने प्रयास गरियो ।
१४ सय वर्ष अगाडि जब पैगम्बर ए ईस्लामले दीन ए ईस्लाम ल्याउनु भयो । त्यति बेला यस्तो प्रथाहरु धेरै थिए । चेलीछोरीहरुलाई बाल्यकाल मै घाँटी थिचेर मार्ने , श्रीमानको मृत्युु भयो भने श्रीमतीलाई कालकोठरीमा राख्ने त्यहाँबाट पनि बाँच्यो भने खच्चर माथी बसाएर मनहुस भएको बोध गराउने अनि हत्या गर्ने वा सती बनाउने , एक पटक विधवा भएको नारीले आर्को विवाह गर्न नपाउने जस्ता अनेकौं प्रथा कुप्रथाहरु थिए ।
जसमध्ये एउटा यो पनि थियो कि नारीहरुलाई महिनावारी भएको समयमा समाजबाट टाढा राख्ने, खानपिन , रहनसहन सब आलग गरिदिने । यस्ता प्रथाहरुको अन्त्य गर्न दीन ए ईस्लामको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले नारीहरुलाई सम्मान दिँदै कानून दिनुभयो कि महिनावारी कुनै मन्हुसियत होइन । यो प्राकृतिक रूपमा हुने प्रक्रिया हो । त्यसैले महिनावारीको अवधीमा संभोग गर्नु हुँदैन । बाँकी उनीहरुलाई अन्य दिन जस्तै जीवन यापन गर्न दिनुपर्छ ।
नारीसंगको मेलजोल खानपिन उठ्न बस्न, रहनसहन मेलजोल सब गर्नुपर्छ । संभोगलाई प्रतिबन्ध लगाउनु कारण यो हो कि त्यो समयमा दुषित रगत बगेको हुन्छ जसले गर्दा अनेकौं रोग लाग्ने सम्भावना तिव्र हुन्छ । त्यसैले संभोग बाहेक उनीहरुको साथमा सबै व्यबहार आमदिन जस्तै गर्नुपर्छ ।
साथै यो नारीको अस्मिता संग सम्बन्धित भएकोले हामीले नारीहरुको कोठा अलग गर्नु , एक्लो बनाउनु , मानसिक रूपमा कम्जोर बोध गराउनु हुँदैन । यसो गर्दा समाजमा उनीहरुको गोप्यनियता भङ्ग हुन्छ ।
मानसिक रूपमा तनावग्रस्त हुन्छन् । त्यसैले यो विषयलाई गोप्य राख्नु पर्छ । त्यस्तै दीन ए ईस्लामको पवित्र किताब कुरआन शरीफमा पनि अल्लाह करीमले यसलाई बिस्तृतमा बयान गर्नु भएको छ । अर्को कुरा हामी पुरुष भएको नाताले पनि नारिहरुको पिडालाई बुझ्नुपर्छ ।
कल्पना गर्नुस कि तपाईंलाई कुनै रोग लगेको छ र तपाईं माथी अनेकौं प्रतिबन्ध लगाइएको छ । सूर्यको किरणबाट टाढा बस्न निर्देशन गरिएको छ, तपाईंको खाने थाली अलग गरिएको छ , तपाईंको बस्ने कोठा अलग गरिएको छ, समाजमा उठ्न बस्न मेलजोल राख्न प्रतिबन्ध लगाइएको छ । तपाईंले शारीरिक मानसिक दुबै किसिको पिडा महसुस गर्दै हुनुहुन्छ ।
त्यो समयमा कुनै ब्यक्तिले तपाईंको मानसिक र शारीरिक अङ्गमा हस्तक्षेप गर्छ भने कति दुख लाग्छ । हो, त्यस्तै नारीहरुलाई पनि पीडा महसुस भएको हुन्छ । उनीहरुले शारीरिक मानसिक दुबै किसिमको पिडा महसुस गरिरहेको हुन्छन् । त्यसैले हामीले उनीहरुको आदर गर्न सक्नु पर्छ । उनीहरुको हौसला बढाउन सक्नुपर्छ ।
यसको साथ साथै मैले सम्पूर्ण नारी वर्गमा पनि अपील गर्न चाहन्छु कि तपाईंहरुले आफूलाई कम्जोर महसुस गर्नु भएन । अल्लाह(इश्वर)ले तपाईं भित्र त्यो सहनशीलता र त्यो तागत देखेर नै तपाईंलाई यो प्रक्रियाबाट गुजारेको हो ।
यदि तपाईंबाट यस्तो प्रक्रिया नभएको भए संसार अगाडि बढ्ने छैन । तपाईंको यही महिनावारीको प्रक्रियाले संसारको अगाडि बढाउन मद्दत गरेको छ । सो आफूलाई कम्जोर ठान्नुभन्दा पनि तपाईंहरुले आफू माथी गर्व गर्नुपर्छ ।
तपाईंले जब धार्मिक पुस्तकहरुको पाठ गर्नु हुन्छ तपाईंले पाउनु हुन्छ कि इज्जत नारीको गहना हो र त्यही पुस्तकहरुमा नारीले आफ्नो गोप्य अङ्ग छोपेर राख्ने निर्देशन समेत दिइएको छ ।
जसकारण तपाईंहरुले आफ्नो अस्मिताको रक्षा गर्न यस्तो विषयलाई गोप्य राख्नेतिर केन्द्रित हुन जरुरी छ ।
समीर अली बेहना । आइतबार, जेठ १५, २०७९ मा प्रकाशित