२४ साउन, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले अपमानजनक नाम राखी जारी भएका नागरिकता सच्याउने भएको छ ।
नागरिकतामा अपमानजनक नाम भएका व्यक्तिले आवश्यक प्रमाणपत्र, वडा कार्यालयको सिफारिस सहित प्रक्रिया पूरा गरि कार्यालयमा आउन अनुरोध गर्दै प्रशासनले नाम सच्याउने बारे सुचना निकालेको हो ।
गृह मन्त्रालयले असोज २३ गते निकालेको विज्ञप्तीबाट नागरिकतामा अपमानजनक शब्द प्रयोग गरि जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा सोको लागि आवश्यक प्रक्रिया अघि बढाईने जानकारी दिएको थियो ।
नागरिकताको अपमानजनक नाम सच्चाउन गृह मन्त्रालयको निर्देशन
नागरिकतामा ‘कुकूर कामी’ नाम भएका भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका कविराम कामीले नागरिकता प्रमाणपत्रको नाम सच्चाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखमा आज निवेदन दिएका थिए ।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्याएर उहाँ लगायत नागरिकतामा अपमानजनक नाम भएकालाई नयाँ नागरिकता प्रदान गर्ने बताए ।प्रमुख जिल्ला अधिकारीले अपमानजनक शव्द प्रयोग गरि जारी भएका नेपाली नागरिकता सच्चाउने व्यक्तिहरु प्रशासनको सम्पर्कमा आउन आह्वान समेत गरेका छन् ।
संवाददाता । मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित