KarkhanaMedia
२०८३ जेठ २३ , शनिबार

कालिकोटमा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुदा १ को मृत्युु, ३ जना घाइते



कालिकोटमा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुदा एकजनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

तिलागुफा नगरपालिका गाल्जे कालिकोटकाे मेला हेर्न जाने क्रममा तिलागुफा नगरपालिका खल्लागाड नजिक अटाे दुर्घटनामा परि जुम्लाको हिमा गाउँपालिका वडा नं ४ का बिर्ख बहादुर शाहीकाे घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।


दुर्घटना भएको अटोमा चालक सहित ४ जना सवार थिए । घाइतेलाई उपचारका लागि जुम्ला रहेको र लगिएको र स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार