Karnali Media
२०८३ असोज २ , शुक्रबार

आजबाट हिमाली भेगमा हिमपातको सम्भावना



देशका केही भागमा आजबाट हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।


यस्तै भोलि शनिबार प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार