Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत महोत्सवमा आज मेलिना राई लगायतका कलाकारको प्रस्तुती रहने



सुर्खेत । सुर्खेत महोत्सवमा आइतबार मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ । वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।

आइतबार महोत्सवको तेस्रो दिन चर्चित गायिका मेलिना राई, गायक सुकदेब अधिकारी र मोडेल करिश्मा ढकालको प्रस्तुति रहने साथै विभिन्न स्थानीय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ ।


माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार