सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ पुनः संचालन भएको छ । शनिबार राती स्टलमा चोरी भएको भन्ने व्यापारीले गुनासो गरेपछि आइतबार विहान महोत्सव स्थगित भएको थियो ।
व्यापारी र आयोजकबीच भएको सहमती अनुसार महोत्सव संचालन गर्ने र चोरी भएको भन्नेबारे अनुसन्धान गर्ने सहमतीमा महोत्सव पुनः सुचारु भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै पुनः संचालन भएको जनाएको हो । महोत्सव सुचारु हुने भएसंगै आज चर्चित गायिका मेलीना राईको प्रस्तुती रहनेछ ।
माघ २८ गतेसम्म यो महोत्सव संचालन हुनेछ ।
संवाददाता । आइतबार, माघ २२, २०७९ मा प्रकाशित