Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत महोत्सवमा सोमबार को-को कलाकार आउँदै छन् ?



सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।

माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ । विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा चौथो दिन माघ २३ गते सोमबार पनि विभिन्न कलाकारको प्रस्तुति रहनेछ ।


सोमबार महोत्सवमा चर्चित गायक हिमाल सागर, गोपाल जि एमजानकि तारामी मगरको प्रस्तुति रहने साथै विभिन्न स्थानीय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी पनि रहने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार