सुर्खेत । सुर्खेत महोत्सवमा सोमबार हिमाल सागर, गोपाल नेपाल जिएम लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ । वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।
सोमबार महोत्सवको चौथो दिन चर्चित गायका हिमाल सागर, गोपाल नेपाल जिएम, गायिका जानकि तारामी मगर र मोडेल करिश्मा ढकालको प्रस्तुति रहने साथै विभिन्न स्थानीय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ ।
माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ ।
संवाददाता । सोमबार, माघ २३, २०७९ मा प्रकाशित