Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत महोत्सवमा आज एलिना चौहान, रामजी खाँड लगायतका कलाकारको प्रस्तुति रहने



सुर्खेत । सुर्खेत महोत्सवमा मंगलबार एलिना चौहान, रामजी खाँड लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।


मंगलबार महोत्सवको पाँचौ दिन चर्चित गायिका एलिना चौहान, गायक रामजि खाँड, मोडल प्रीती तामाङ र लिला थापाको प्रस्तुति रहने साथै विभिन्न स्थानीय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ।

माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार