Karnali Media
२०८३ भदौ ३१ , बुधबार

जुम्लामा आगलागीमा परेर बालिकाको मृत्यु



जुम्लामा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको हो।

ठिन्के गाउँका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। दमकल, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गए राति करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो।


आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार