सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल मा विद्यार्थीहरु आन्दाोलित बनेका छन् । विद्यार्थीहरुले आज विभिन्न माग गर्दै आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुलाई (एनक्यू) लगाई परिक्षामा सहभागी गराएर रिजल्ट प्रकाशित गरेपश्चात (एनक्यू) लागेको भनी विद्यार्थीहरुको भविष्य माथी खेलबाड गरेको भन्दै स्कुल अफ ल का विद्यार्थीहरुले कार्यक्रम निर्देशकको राजिनामा माग गरेका छन्।
कार्यक्रम निर्देशक उपेन्द्र बिक पद बहाली भए पश्चात् ३ क्रेडिट आवरको कोर्स ४८ कक्षा पढाउनु पर्नेमा बढिमा ३७ कक्षा मात्रै पढाउने गरेको विद्यार्थीहरुको गुनासो छ। विद्यार्थीहरु अझैपनि धर्ना सहित आन्दोलनमै रहेका छन् ।
संवाददाता । मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित