सुर्खेत । ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल’ का कार्यक्रम निर्देशक उपेन्द्र बिकले राजिनामा दिएका छन्। मंगलबार विद्यार्थीहरु विभिन्न मागहरु राक्दै आन्दोलन गरेर कार्यक्रम निर्देशकको राजिनामा मागेपछि उनले राजिनामा दिएका हुन् ।
विद्यार्थीहरुलाई (एनक्यू) लगाई परिक्षामा सहभागी गराएर रिजल्ट प्रकाशित गरेपश्चात (एनक्यू) लागेको भनी विद्यार्थीहरुको भविष्य माथी खेलबाड गरेको भन्दै स्कुल अफ ल का विद्यार्थीहरुले कार्यक्रम निर्देशकको राजिनामा माग गरेका थिए।
यस्तै विद्यार्थीहरुले कार्यक्रम निर्देशक उपेन्द्र बिक पद बहाली भए पश्चात् ३ क्रेडिट आवरको कोर्स ४८ कक्षा पढाउनु पर्नेमा बढिमा ३७ कक्षा मात्रै पढाउने गरेको गुनासो गरेका थिए ।
कार्यक्रम निर्देशकले राजिनामा दिएसंगै विद्यार्थीहरु आजको आन्दोलन बन्द गरेका छन् । राजिनामा स्वीकृत र माग पूरा नभएसम्म विद्यालय बन्द रहने पनि विद्यार्थीले बताएका छन् ।
संवाददाता । मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित