Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णाली सरकारले ‘जनयुद्ध दिवस’ मनाउने, फागुन १ गते सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।  फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिएको सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले फागुन १ गतेका दिन जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई प्रदेश सरकारको प्रवक्ता पनि तोकेको छ।


आगामी फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय पनि गरिएको प्रदेश सरकारले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार