Karnali Media
२०८३ असार १४ , आइतबार

सुर्खेत महोत्सवमा बिहिबार शिव परियार, अञ्जली अधिकारी लगायतको प्रस्तुति रहने



सुर्खेत । सुर्खेत महोत्सवमा बिहिबार शिव परियार, अञ्जली अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।


बिहिबार महोत्सवको सातौं दिन चर्चित गायक शिव परियार, अञ्जली अधिकारी, थानेश्वर गौतम र मोहन खड्काको प्रस्तुति रहने साथै विभिन्न स्थानीय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ।

माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार