दैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ ।
अध्यक्ष गुरुङको ७९ बर्षको उमेरमा निधन भएको हो । उनी गत बैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा विजयी भएका थिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित