सुर्खेत । जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र चन्द र कतारका लागि नेपाली राजदूत डा. नरेश ढकालबीच भेटवार्ता भएको छ । शनिवार अध्यक्ष चन्द र राजदूत ढकालबीच भेटवार्ता भएको हो ।
राजदूतसंगको भेटवार्ताको क्रममा कर्णालीका युवाहरुका विभिन्न सवालमा साथै यस प्रदेशमा खेल क्षेत्रको विकासका लागि र कर्णालीको पर्यटन सम्भाव्यताको बारेमा छलफल भएको जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र चन्दले बताए ।
संवाददाता । शनिबार, माघ २८, २०७९ मा प्रकाशित