दैलेख । ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत शहरी स्वास्थ्य केन्द्र विनायकमा अल्ट्रासाउन्ड सेवा सुरु भएकाे छ ।
कार्यक्रमकाे उद्घाटन शहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका संरक्षक तथा दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले गरेका थिए। दुल्लु नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई ईकाइ दुल्लुले शहरी स्वास्थ्य केन्द्र विनायकमा प्रत्येक महिना काे २२ गते थप व्यवस्थापनका साथ याे सेवा प्रदान गर्ने निर्णय गरेको शहरी स्वास्थ्य केन्द्र प्रमुख कमल भण्डारी जानकारी दिए ।
शहरी स्वास्थ्य केन्द्र विनायकमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत याे सेवा सुरु भएसंगै भाैगाेलिक रुपमा दुल्लु नगरपालिकाकाे दुर्गम पहुचमा रहेका वडा न ६, ११,१२ र १३ का गर्भवति हरुलाई भिडियाे एक्सरे गर्न बाहिर जानु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
साथै, आज शनिबार का दिन ३६ जना गर्भवति महिलाहरुले याे सेवा लिएकाे दुल्लु अस्पतालका डा .शिशिर शाैरभ ले बताए । अझै पनि गाउँका दुरदराजमा प्रचार प्रचार नपुगेकाे हुनाले सेवाग्राहिकाे सङ्ख्या अर्काे महिना देखि बढने अनुमान गरिएकाे छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, माघ २८, २०७९ मा प्रकाशित