Karnali Media
२०८३ साउन ३ , आइतबार

सुर्खेत महोत्सवमा बद्री पंगेनीको प्रस्तुतिमा हजारौं दर्शकहरुको उपस्थिति



सुर्खेत । सुर्खेत महोत्सवमा शनिबार बद्री पंगेनीको प्रस्तुतिमा हजारौं दर्शकहरु उपस्थित भएका छन् । शनिबार लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुति हेर्न हजारौंको संख्यामा दर्शकहरु उपस्थित भएका हुन्।

 

वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को आज अन्तिम दिनमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा लोकप्रिय गायक बद्री पंगेनी, टीका पुन लगायका कलाकारको प्रस्तुती रहेको थियो ।

माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गते सकिएको छ ।


प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार