Karnali Media
२०८३ असार १० , बुधबार

भेरी नदीमा वेपत्ता २ जनाको शव फेला



सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर वेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

वेपत्ता मध्ये एकजना २१ वर्षीय बिबि रोकाय शुक्रबार दिउँसो करिब ३ बजेको समयमा मृत अवस्थामा भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा फेला परेको थिए । यस्तै वेपत्ता भएका २२ वर्षीय मकर रोकायको पनि शनिबार शव फेला परेको सशस्त्र प्रहरी बल निरीक्षक ददिराम पौडेलले जानकारी दिए ।


भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा विहिबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर वेपत्ता भएका थिए । वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेका थिए ।

 

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार