सुर्खेत । वीरेन्द्रनगर मेयर कपको उपाधी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० ले जितेको छ । आइतबार वीरेन्द्रनगर १० र वीरेन्द्रनगर ४ बीच भएको फाइनल खेलमा वीरेन्द्रनगर ४ लाई हराउँदै मेयर कपको उपाधी वीरेन्द्रनगर १० ले उचालेको हो ।
वीरेन्द्रनगर नगरपलिकाको चिसापानी खेल मैदानमा माघ २३ गतेबाट मेयर कप पुरुष फुटबल सुरु भएको थियो । खेलमा वीरेन्द्रनगरका १६ वडाका १६ टिमको सहभागिता रहेको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, माघ २९, २०७९ मा प्रकाशित