Karnali Media
२०८३ असार ८ , सोमबार

सुर्खेतमा किशोर—किशोरी प्रजनन् स्वास्थ्य परियोजना सञ्चालन



सुर्खेत । सुर्खेतमा किशोर किशोरी प्रजनन् स्वास्थ्य परियोजनाको सुरुवात गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा र विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा यो परियोजनाको सुरुवात गरिएको हो ।

आइतबार परियोजनाको जिल्ला स्तरिय परिचायात्मक कार्यक्रममा कर्णाली लगायतका ग्रामिण भू भागमा अझैपनि प्रजनन् स्वास्थ्यलाई धार्मिक, सांस्कृतीक तथा परम्परागत रुपमा बुझिने यसमा धेरै विकृती रहेकाल सचेतना फैलाउन जरुरी रहेको सहभागिले बताएका थिए ।

यो परियोजनाले विभिन्न स्वास्थ्य क्षेत्रमा काम गरिरहेको अन्य संघ संस्था संग मिलेर काम गर्ने बताइएको छ ।

सुर्खेतका चार पालिकाहरु लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, पंचपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा यो परियोजनाले काम गर्ने जनाएको छ । सुर्खेत जिल्ला साझेदार संस्था समाज जागरण केन्द्र स्याक नेपाल रहेको छ ।

धार्मिक, सांस्कृतिक परम्परागत बाध्यताले गर्दा पनि बालविवाह हुनाले किशोर किशोरीमा प्रजनन समस्या देखिने गरेको बताउदै यसबारे नागरिकलाई सचेत बनाउन पर्ने लेकबेसी नगरपालिकाका नगरप्रमुख उमेश तिवारीले बताए ।


समुदाय स्तरमा किशोर किशोरीहरुको लागि कार्यक्रम ल्याए पनि समाजको डरले सेवा लिन नजाने गरेको बताउदै स्वास्थ्य क्षेत्रको सुधारको लागि विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर सधैं काम गर्ने स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले प्रतिवद्धता जनाए ।

सुर्खेतका चार पालिकाहरु लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, पंचपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा यो परियोजनाले काम गर्ने जनाएको छ । सुर्खेत जिल्ला साझेदार संस्था समाज जागरण केन्द्र स्याक नेपाल रहेको छ ।

१० देखि १९ बर्ष उमेर समुहका सिमान्तकृत समुदायका वर्गका किशोर—किशोरीहरुको प्रजनन् स्वास्थ्यका पक्षमा काम गर्ने यो परियोजनाको उदेश्य रहेको छ ।

यो परियोजनाले प्रजनन् स्वास्थ्यका बारेमा सचेतनामूलक कार्यक्रमहरु गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा सामुदायिक छलफल गर्नेछ । पालिकाहरुका प्रमुख, उपप्रमुखहरुले परियोजनाले आफ्नो पालिकाका किशोर किशोरीको प्रजनन् स्वास्थ्यमा ठुलो सहयोग पुर्याउने अपेक्षा राखेको बताएका छन ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार