Karnali Media
२०८३ असार २१ , आइतबार

सुर्खेतको गोरेटो लाईभ बारमा ‘भ्यालेन्टाइन डे’ मा राज सिक्देलको प्रस्तुति रहने



सुर्खेत । सुर्खेतको वीेरेन्द्रनगर गोदामलाईनमा रहेको गोरेटो फ्याम्ली रेष्ट्रो एण्ड लाईभ बारमा मंगलबार ‘भ्यालेनटाईन डे’ को अवसरमा चर्चित गायक राज सिक्देलको प्रस्तुति रहने भएको छ ।

‘उ जितेर गई..’ लगायतका ४ सय ७१ भन्दा बढी चर्चित गितहरुमा आफ्नो आवाज दिएका गायक राज सिक्देल गोरेटो बारमा मंगलबार भ्यालेन्टाइन डे विशेष प्रस्तुतिका लागि सुर्खेत आईसकेको गोरेटो बारले जनाएको छ ।

चर्चित गायक राज सिक्देलको प्रस्तुति मंगलबार साँझ रहने छ ।


गायक सिक्देल सुगम नेपाली संगीतको क्षेत्रको निकै प्रखर आवाजमा रहेका गीत संगीतमा निकै आवाज दिएका लोक प्रिय गायकका रुपमा परिचित गायक हुन ।

साथै, उनको स्वरमा रहेको “भगवान कसम ” गितले दोश्रो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रममा सर्वोकृष्ट सुगम संगीत गायन पब्लीक च्वाईस अवार्ड हाँसिल गरेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार