दैलेख । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।
सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । उनले भने, ‘घरमा उहाँहरू दुईजना मात्रै बस्दै आउनुभएको रहेछ ।विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ ।’
शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।
संवाददाता । मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित