सुर्खेत । सुर्खेत महिला जेसीजले लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
मंगलबार शिवरात्रीको अवसर पारेर जिल्ला प्रहरी कार्यलय सुर्खेतसंगको साझेदारीमा त्रीपुरेश्वर मावि ढोडेखालीमा लागु औषध दुर्व्यसनी एवम् ओसारपसार विरुद्ध कार्यक्रम गरिएको हो ।
बढ्दो लागुऔषध दुर्व्यसनी तथा ओसारपसार न्युनिकरण गर्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।
पछिल्लो समयमा यूवायूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको बताउदै यस्तो कार्यक्रमले लागुऔषध न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको सुर्खेत महिला जेसीजका अध्यक्ष सीता भण्डारीले बताइन् ।
उनले सुर्खेत महिला जेसीजले यस्ता खालका कार्यक्रमहरु गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।
कार्यक्रमका मुख्य प्रशिक्षक जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी निरिक्षक मिलन पाण्डेले विद्यालयमा अध्ययनरत बालबालिकाहरु नै समाज परिवर्तन गर्ने आधार भएकाले लागुपदार्थ देखी टाढै रहनुपर्ने बताउदै लागुऔषध समाजको विकृतिका रुपमा रहेकाले यसको न्यूनीकरणका लागी सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
।
लागुपदार्थमा फसेपछि छुट्न निकै गाह्रो हुने बताउदै लागुऔषधबाट टाढा रहनुपर्ने वीरेन्द्रनगर नगरपालिका वडा न १ का वडा अध्यक्ष दिनेश खत्रीले जोड दिएका छन् ।
उनले लागुऔषध शुरुमा लत पछि व्यवसाय हुदै जेल र मृत्यु सम्म पुग्ने भएकाले युवा पुस्ताले सहयोग गरे थुप्रैको जिवन बचाउन सकिने बताए ।
समाजमा विकृति फैैलन नदिन लागिपर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
संवाददाता । बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित