Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेतमा सालको रुखबाट खसेर एकजनाको मृत्यु



सुर्खेत । सुर्खेतमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका-५ राजिगाँउ बस्ने बर्ष ३६ कि शुसिला खडका घर नजिकै बारीको काल्नोमा रहेको सालको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडी घाईते भई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको हुन ।


उक्त स्थानमा प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी हवल्दार गोपाल गुरुङको कमाण्डमा ३ जना प्रहरी टोली खटिएर थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा ५जनाको टोली खटिगएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार