सुर्खेत । सुर्खेत प्रहरीले ८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिहिबार वीरेन्द्रनगर १ का विभिन्न स्थानबाट प्रहरीले मदिरा नष्ट गरेको हो ।
सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर वीरेन्द्रनगर नगरपालिका वडा नं.१ स्थित कोपिला भ्याली,देउतीथान र आँपडाली स्थानहरुमा तयारी घरेलु मदिरा ८० लिटर, कच्चा पदार्थ ५५ लिटर र ३ सेट भाडाहरु नियन्त्रणमा लिई मदिरालाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित