Karnali Media
२०८३ भदौ १५ , सोमबार

सुर्खेत प्रहरीद्वारा ८० लिटर मदिरा नष्ट



सुर्खेत । सुर्खेत प्रहरीले ८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिहिबार वीरेन्द्रनगर १ का विभिन्न स्थानबाट प्रहरीले मदिरा नष्ट गरेको हो ।


सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर वीरेन्द्रनगर नगरपालिका वडा नं.१ स्थित कोपिला भ्याली,देउतीथान र आँपडाली स्थानहरुमा तयारी घरेलु मदिरा ८० लिटर, कच्चा पदार्थ ५५ लिटर र ३ सेट भाडाहरु नियन्त्रणमा लिई मदिरालाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार