दैलेख । दुल्लु पौवा दैलेख जिल्लाको दुल्लु नगरपालिकाको दुल्लु-डाँडिमाडी सडकखंडको बाँया तर्फ सडकसँगै जोडिएर रहेको छ। विक्रम सम्वत. १८७६ जेष्ठ १० गते वीहीवारका दिन काजी जसपाउ थापाले निर्माण गराएको व्यहोरा पौवामा रहेको अभिलेखबाट थाह भएको छ।
यस पौवालाई “काजि जसपाउ थापाको पौवा” पनि भनिन्छ। पौवामा रहेको अभिलेख अनुसार काजि जसपाउ थापाले बाटो हिंड्ने यात्रीहरूको सुविधाको लागि यस स्थानमा पौवा निर्माण गराएको स्पष्ट हुन आउँछ। उक्त अभिलेख अनुसार काजि जसपाउ थापाले बाटो हिड्ने यात्रीका लागि यस स्थानमा पौवा, सुविधायुक्त धर्मशाला र मन्दिर निर्माण गराएका थिए भन्ने बुझिन्छ।
संवाददाता । सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित