दैलेख । दैलेखमा आगलागी हुँदा पाच लाख बराबरको क्षती भएको छ । जिल्लाको आठबिस नगरपालिका १ सिगैडीमा लालमनी बि.कको घरमा सोलारको तार सट हुन गई २ तले २ कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको हो ।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी र स्थानीयको साहायतामा आगो नियन्त्रणमा लिएको र आगलागीमा मानवीय तथा पशु चौपायाको क्षती नभए पनि घरमा भएको १ लाख ५० हजार नगद , ८० हजारको काठ काट्ने उठ कटहर १ थान, १तोला सुन, ४ तोला चादि ,मोवाइल १ थान, १८ हजारको कपडालत्ता, अन्नपात लगायत घर जलेर पुर्ण रुपमा नष्ट भई ५ लाख बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
संवाददाता । सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित