सुर्खेत । नेकपा एमाले केन्द्रीय प्रचार प्रसार विभाग उपप्रमुख बिष्णु रिजालले कर्णालीको विकास र समृद्धिका लागि कर्णालीबासी आफैले भिजन बनाउनुपर्ने र कार्यान्वयन गनुपर्ने बताएका छन् ।
सुर्खेतमा भएको एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजालले कर्णालीबाट उचाईको नेतृत्व विकास हुन नसक्दा केन्द्रीय राजनितिको भागबान्डामा कर्णाली सधै पछि पर्ने गरेको बताए । उनले भने, “कर्णाली प्रदेशको विकास र समृद्धिको लागि अरु कसैले भिजन दिने होइन । अरु कसैले एक्सन प्लान दिने र हामीले त्यसलाई कार्यान्वयन गर्ने होइन । हामी आफैले बनाउने हो हामी आफैले कार्यान्वयन गर्ने हो ।”
पार्टीको केन्द्रीय राजनितिसंग जोडिएर काम गरिरहदा कर्णालीलाई पनि केन्द्रीय राजनितिमा स्थान हुनुपर्छ भन्नेमा निरन्तर आवाज उठाइरहेको र धेरै अभ्यासहरु भएको पनि उनको भनाइ छ ।
यस्तै उनले कर्णाली विकासका लागि साझा सहमतीमा काग गर्न सके कर्णालीको विकासले तिव्रता लिने बताए । उनले भने, “कर्णालीको विकासका लागि अर्को बिस बर्षसम्म हाम्रो साझा भिजन के हुन सक्छ ? सडकको क्षेत्रमा हामी के गर्न सक्छौ, जलविद्युत, शिक्षा स्वास्थ्यको क्षेत्रमा के गर्न सक्छौ ? सरकार परिवर्तन भइरहला कर्णालीको हकमा एउटा पार्टीको सरकार परिवर्तन होला अर्को पार्टीको सरकार बन्ला तर ति मुलभूत चिजहरुलाई एकै ठाउँ राखेर जो आएपनि गतिका साथ अगाडी लैजाने र त्यसमा अवरोध नगर्ने गरि त्यसमा के चाँही हामी सहमती गर्न सक्छौ भनेर विकासमा समझदारी खोज्न सक्छौ ।” यस्तै सरकार परिवर्तन भएसंगै सरकारका नितीगत प्राथमिकतामा परिवर्तन हुन सक्छन् । तर यसलाई दुईभाग स्थायी र अस्थायी आवश्यकतामा बर्गिकरण गरेर साझा सहमतीमा काम गर्न सकेमा कर्णाली विकासमा महत्वपूर्ण परिर्तन हुने बताए ।
संवाददाता । सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित