सुर्खेत । जुम्लामा मिनिट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडा भन्ने स्थानमा सुर्खेतबाट जुम्ला सदरमुकामतर्फ आउदै गरेको सरिया, सिमेन्ट र डिजल ढुवानी गरी ल्याएको कर्णाली प्रदेश०२००१ख६२७ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक वाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुदा ट्रकमा क्षती पुगेको हो ।
उक्त ट्रकमा सवार ट्रक धनी सुर्खेत बराहताल गाउँपालिका २ बस्ने बर्ष ४३ का राम बहादुर चन्द र चालक मिन बहादुर सुनार सामान्य घाइते भएको, ट्रक घट्ना स्थलमै रहेको र उक्त स्थानमा ट्राफिक प्रहरी सहित ४ जनाको प्रहरी टोली खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
संवाददाता । मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित