सुर्खेत । सुर्खेतमा अवैध काठ बरामत गरिएको छ । ट्याक्टरमा लुकाएर ल्याउन लागिएको अवैध काठ बरामत गरिएको प्रहरीले जनाउको छ ।
वीरेन्द्रनगर नगरपालिका १२ भेरी पुल नजिक चिङगाड बाट बजार तर्फ आउँदै गरेको भे १ त ९२४० नम्बरको ट्याक्टरमा सालको काठ आउँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी सुब्बाकुना बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोली खटि गई उक्त ट्याक्टर लाई चेक जाँच गर्दा ढुङगा मुनि लुकाई छिपाई राखेको चिरेको सालको कडी अन्दाजी २० २५ थान काठ बरामद गरी ट्याक्टर, कडी,ढुङ्गा र ट्याक्टर चालक लेकबेशी नगरपालिका ९ बस्ने अर्जुन बि.क लाई जिल्ला वन डिभिजन कार्यालय सुर्खेतको जिम्मा लगाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
संवाददाता । बुधबार, फागुन १०, २०७९ मा प्रकाशित