Karnali Media
२०८३ साउन १३ , बुधबार

सुर्खेतमा लागूऔषध सहित एकजना पक्राउ



सुर्खेत । सुर्खेतमा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध ब्युरो शाखा बाट खटिएका टोलीले जिल्ला वीरेन्द्रनगर नगरपालिका–२ बस्ने बर्ष २१ को अशोक बुढालाई बिरेन्द्रनगर–३ मुलपानी टोलमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट शुद्ध ९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लागुऔषध बरामद गरी उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार