सुर्खेत । कोशिश नेपालले साथी सहयोगी समुहका अगुवाहरुलाई नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण तालिम दिएको छ ।
बिहिबार कोशिश नेपालबाट सेवा लिरहेका साथी सहयोगी समुहका अगुवाहरुलाई नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो ।
मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको आत्मबल बढाउने, मनको कुरा एकअर्कालाई सुनाउने, समस्याको समाधान गर्ने उद्देश्यले साथी सहयोगी समुह गठन गरिएको कोशिश नेपालका मनोपरामर्शकर्ता नरेन्द्र शर्माले बताएका छन्।
यो समुहमा उस्तै उस्तै अनुभव भएका दौतरीहरु रहेका छन् । मनको कुरा छलफल गर्ने, मनोसामाजिक अपांगतामा रहेका व्यक्तिहरुलाई सहयोग गर्ने, मनोरञ्जन गर्ने, क्षमता अभिवृद्धि गर्न हौसला दिने, सुचना दिने जस्ता कामहरु गर्ने गरिन्छ ।
कोशीशले गुम्सीएको आवाज बाहिर ल्याएको कोशीश नेपालमा सेवा लिईरहेका मनोसामाजिक अपांगताहरुको भनाई छ । उनीहरुले जिविको पार्जनमा सहयोग गरेको, आफैले आफ्नो हेरचाह गर्न सक्ने भएको, कानुनी साक्षरता, क्षमता विकास भएको अनुभव सुनाएका छन् ।
संवाददाता । शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित