राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।
उनले भने, ‘प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ।’
संवाददाता । शनिबार, फागुन १३, २०७९ मा प्रकाशित