Karnali Media
२०८३ असोज २८ , बुधबार

कर्णाली सरकारको निर्णय : भोटेकोशी बाढीपीडितका लागि २ करोड राहत



सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ साल भदौ १६ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद् व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।


त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ समेत स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार