दैलेख, १४ फागुन । नेपाल मजदुर किसान पार्टीको १४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न जिल्ला सम्मेलनबाट जगत ओलीको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार र शनिबार सम्पन्न नेमकिपा, दैलेखको सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारितसमेत गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको विधानअनुसार सपथग्रहण गराएका थिए ।


सचिव सुवालले सर्वसहमतीमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिँदै पार्टीको सिद्धान्तबाट शिक्षित र सचेत गराएर जनताको संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए । उनले नवनिर्वाचित जिल्ला समितिका सबै सदस्यहरु देश र जनताको इमानदारीपूर्वक सेवामा अग्रसर हुने विश्वास व्यक्त गरे ।

संवाददाता । आइतबार, फागुन १४, २०७९ मा प्रकाशित