Karnali Media
२०८३ असार १६ , मंगलबार

कालीकोटमा भिरबाट लडेर एकजनाको मृत्यु



कालीकोट, १४ फागुन । कालीकोटमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

कालीकोटको पलाता गाउँपालिका ८ दाम्री बस्ने बर्ष २७ का बल रोकाया घर नजिक भिरमा बाख्रा चराउन गएको अवस्थामा भिरबाट लडेर टाउकोमा चोट लागी उपचारको लागी पलाता अस्पताल ल्याउने क्रममा नरहरीनाथ गाउँपालिका १ लालिघाटमा मृत्यु भएको भनि मृतकका आफन्तहरुले घर तर्फ लैजाने क्रममा पचालझरना गाउँपालिका ९ फुगार्डमा रोकि राखेकोमा ईलाका प्रहरी कार्यालय पचालझरना कालीकोटबाट प्रहरी हवल्दार को कमाण्डमा २ जनाको टोली खटिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक को कमाण्डमा २ जनाको टोली खटिएको छ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


 

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार