सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा विकासका लागि स्वयंसेवक अन्तर्राष्ट्रिय मापदण्ड, महत्व र सान्दर्भिकता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवाहरुको सहभागितामा आइतबार यो कार्यक्रम सम्पन्न भएको हो ।
भिएसओ नेपाल लगायतका विभिन्न साझेदार संस्थाबाट संचालित एक्टिभ परियोजनाले आयोजना गरेको एकदिने अभिमुखिकरण कार्यक्रममा युवाहरुले कर्णाली प्रदेशमा स्वयंसेवक परिचालनका बारेमा छलफल भएको थियो । कार्यक्रममा युवाहरुले स्वयंसेवकहरुको प्रदेश संजाल बनाउनुपर्ने पनि सुझाब दिएका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा स्वयंसेवी टिका शाही चालिसेले युवाहरुमा स्वयंसेवी भावनाको विकास हुनुपर्ने बताईन् । उनले भनिन्, युवा तथा युवाका लागि काम गर्ने विभिन्न संघ संस्थाले युवाहरुको क्षमता अभिबृद्धिमा सहयोग गरेको भएपनि यसको दिर्घकालिन रुपमा व्यवस्थापन गनुपर्छ ।
यस्तै, छलफलमा बोल्दै बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले आफ्नो संस्थाले आवश्यकताका आधारमा स्वयंसेवको परिचालन गरिरहेको बताए । समाजमा संस्थाबाट विभिन्न काम गर्दा स्वयंसेवहरुको आव्हान गर्दै आएको उनले बताए ।
कार्यक्रममा स्वयंसेवकको अन्तर्राष्ट्रिय अवधारणाको बारेमा समुहमा छलफल पनि गरिएको थियो । स्वयंसेवकको व्यवस्थापन र क्षमता अभिबृद्धि, युवाको निती तथा नियमका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो । राष्ट्रिय स्वयंसेवक निती र युवा नितीको बारेमा तथा युवाहरुका आगामी चुनौती र रणनितिका बारेमा छलफल भएको थियो ।
संवाददाता । आइतबार, फागुन १४, २०७९ मा प्रकाशित