सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले आट हुनेले राजनीतिको कोर्ष नै च्यान्ज गर्ने बताएका छन् । विभिन्न समयमा राजनीतिक परिवर्तनमा सहभागि भएर राजनीतिको कोर्ष बदलेको बताउँदै उनले आट भएपछि राजनीतिको कोर्ष नै बदल्न सकिने र समाजवादी पार्टीसंग त्यो आट भएको बताएका हुन् ।
पार्टीको प्रशिक्षण कार्यक्रमको लागि सुर्खेत आएका अध्यक्ष नेपालले सुर्खेत विमास्थलमा पत्रकारसंग कुरा गर्दै लुछाचुडी नभएको पनि बताए । उनले भने, ‘राष्ट्रपतिमा लुछाचुडी भएको छैन् । अबको राष्ट्रपति रामचन्द्र पौडेल नै बन्नुहुन्छ । हामीले एउटै बैठकबाट सहमतीमै ठ्याकै उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौँ ।’
यस्तै उनले नेकपा एस पार्टीलाई कसैले पनि माइनस र मिनिमाइज गर्न नसक्ने बताउँदै विचार र मन मिल्ने पार्टीसंग पार्टी एकता गर्ने पक्षमा रहेको उनले भने । साथै एमालेले राष्ट्रपतिमा प्रस्ताव गरेको हो ? भन्ने पत्रकारको प्रश्नमा भने उनले बोल्न चाहेनन् ।
संवाददाता । सोमबार, फागुन १५, २०७९ मा प्रकाशित