सुर्खेत, १५ फागुन । नेकपा (एमाले) का नेता विष्णु रिजालले एमालेले अरु पार्टीजस्तो दुई डुंगामा खुट्टा नराख्ने बताएका छन् । उनले पुष १० गतेको मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिने बताएका छन् ।
उनले एमालेलार्य कसैको नून खाएर गुन तिर्नु नभएको स्पष्ट पारेका छन् । उनले जनताको साथमा एमलो र एमालेको साथमा जनता रहेका पनि दाबी गरेका छन् । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रिजालको यस्तो टिप्पणी आएको हो ।
उनले लेखेका छन्–“नेकपा (एमाले) अरू पार्टी जस्तो दुई डुंगामा खुट्टा राख्दैन । पुस १० को मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएकाले आफ्नो शानदार उपस्थितिसहित प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिनेछ । नेकपा (एमाले) लाई कसैको नून खाएर गुन तिर्नु छैन । जनताको साथमा एमाले! एमालेको साथमा जनता!!”
संवाददाता । सोमबार, फागुन १५, २०७९ मा प्रकाशित