Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु



सुर्खेत । सुर्खेतमा ट्रकले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । सोमबार ट्रकले ठक्कर दिएर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ का कृष्ण चौधरी रहेका छन् । उनलाई बामेखोलाबाट तिनकुने तर्फ आउँदै गरेको भे१ख१५२८ नम्बरको ट्रकले वीरेन्द्रनगर १० घुस्रामा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस्तै ट्रकको ठक्करबाट एकजना घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार