सुर्खेत । एनआईसी एसिया बैंक सुर्खेतले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
सुर्खेतमा रहेको श्री कृष्ण संस्कृत तथा साधारण माद्यामिक विद्याललयमा कक्षा ७ मा अध्ययानरत विद्यार्थी लक्ष्मि नेपालीलाई फागुन ११ गते बिहिबार २० हजार छात्रवृत्ति रकम प्रदान गरेको बैंकले जनाएको छ । एनआईसी एसिया बैंकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोख्रेलले छात्रवृत्ति प्रदान गरेका थिए । छात्रवृत्ति प्रदान गर्दै उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग पुग्ने बताए । एनआईसी एसिया बैंकले देशभरका शाखाबाट शिक्षा क्षेत्रको विकास लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यमा एनआईसी एसिया बैंक सधै अग्रसर रहने उनको भनाई छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा श्री कृष्ण संस्कृती तथा साधारण माद्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर खत्री, शिक्षक, विद्यार्थी, अभिभावक, एनआईसी एसिया बैंक सुर्खेत शाखा प्रमुख विश्व भारती, एक्सपेरियन्स म्यानेजर चक्र राज भण्डारीको सहभागिता रहेको थियो ।
संवाददाता । मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित