सुर्खेत । सुर्खेतमा लघुवित्तिय संस्थाहरु विरुद्ध विभिन्न माग राख्दै धर्ना सहितको बिरोध प्रदर्शन गरिएको छ ।
मंगलबार वीरेन्द्रनगर सुर्खेतमा लघुवित्तिय संस्था बिरुद्ध संघर्ष समितिले बिरोध प्रदर्शन गरेको हो ।
लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामुहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यक र क्षमताको आधारमा काम र कामका आधारमा दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने जस्ता माग सरकार समक्ष राखेका छन्।
संवाददाता । मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित