Karnali Media
२०८३ असार १६ , मंगलबार

वीरेन्द्रनगर जुनियर जेसीजको नयाँ कार्यसमिति चयन



सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीजको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

वीरेन्द्रनगर जुनियर जेसीज बर्ष २०२३ को अध्यक्ष रुप बहादुर बुढा क्षेत्री चयन भएका छन् । कार्यकारिणी उपाध्यक्षमा जीवन प्रसाद जैशी र सुबाश शर्मा चयन भएका छन् ।


साथै, शनिबार बसेको कार्यसमितिको बैठकले बर्ष २०२३ को वीरेन्द्रनगर जुनियर जेसीजको उपाध्यक्षमा सावित्री भट्टराई, आरती जि शि, अग्रिम बुढा र बिमल जैशी चयन भएका छन् ।

प्रकाशित मिति : २०७९ फागुन २० गते शनिबार