सुर्खेत । विरेन्दनगर नगरपालिका वडा-३ का वडाध्यक्ष बिनाेद सिह बिष्ट माथी हातपात भएको छ । शनिबार विरेन्दनगर नगरपालिका वडा-३ काे सरस्वती टाेलमा रहेको एक सडककाे कच्ची नाला खन्ने क्रममा विवाद उत्पन्न गरेर अध्यक्ष बिष्ट माथि हातपात भएको हाे ।
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेत मा कार्यरत उप सचिव बताउने नेत्र बहादुर कार्कीले हातपात गरेको वडाअध्यक्षले एक भिडियो सार्वजनिक गर्दै बताएका छन् । सडककाे मापदण्ड पूरा गर्ने र विवाद भएको ठाउमा विवाद मिलाउने उदेश्यले वडा अध्यक्ष बिनाेद सिह बिष्ट ,वडा सदस्य सरस्वती थापा लगायतका जनप्रतिनिधि काे टाेली फिल्ड नापजाँच गर्न सडक निर्माण काे उद्घाटन गर्न पुगेका थिए ।
विवाद भएको ठाउमा मिलाउदै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत कार्की काे घर अगाडि पुग्दा कार्किले त काे हाेस भन्दै हातपात गरेको भिडियोमा देखिन्छ । कार्कीले आफ्नो घरकाे गेट सडकमा पर्ने गरि निर्माण गरेकाे देखिन्छ । साे गेटले गर्दा बाटाेकाे मापदण्ड नपुग्ने भपछि ,अध्यक्ष बिष्ट लागाएका जनप्रतिनिधि र समुदायले याे गेट सार्नु पर्ने भने पछि कार्किले दादागीरी शैलीमा म दिन्न त काे हाेस भनेका थिए । अध्यक्ष बिष्ट ले विवाद नमिले सम्म यहाँ काम नगर्ने जावफ दिए पछि कार्की ले हात हालेकाे देखिन्छ ।
संवाददाता । आइतबार, फागुन २१, २०७९ मा प्रकाशित