Karnali Media
२०८३ असार ११ , बिहीबार

गाउँले रिर्सोटमा आज हुने होली विशेष कार्यक्रममा डिएनएक्सको दमदार प्रस्तुति रहने



सुर्खेत । वीरेन्द्रनगर १४ मा रहेको गाउँले रिर्सोटमा आज होली विशेष कार्यक्रम हुने भएको छ । विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहितको होली विशेष कार्यक्रम हुन लागेको हो ।

रंगहरुको पर्व होलीलाई विशेष रुपमा मनाउन र पर्यटन प्रवर्धन गर्ने उदेश्यले यो कार्यक्रम हुन लागेको गाउँले रिर्सोटका संचालक विमल सुवेदीले बताए । कार्यक्रमको अन्तिम तयारी भइरहेको विभिन्न कलाकारको पनि उपस्थिती भइसकेको उनको भनाइ छ ।


आज १२ बजेबाट हुने होली विशेष कार्यक्रम दिनभर गाउँले रिर्सोटमा भव्यताका साथ हुनेछ । होली सहित सांगितिक कन्सर्ट हुने यस कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि र्यापर डिएनएक्स तथा गम्बिर शाही र डान्सर ममता राना मगरको विशेष प्रस्तुति रहने छ । साथै अन्य विभिन्न कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

प्रकाशित मिति : २०७९ फागुन २२ गते सोमबार