Karnali Media
२०८३ साउन १० , आइतबार

‘अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु’ : ज्ञानेन्द्र शाही



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनुपर्ने बताएका छन्।

उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु नै विधिको शासन र प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्नु हो। त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो।’


प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता गरिएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन्।

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार