सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल का विद्यार्थीहरुले सुर्खेतको विरेन्द्रनगरमा रहेको बुलबुलेमा ‘फुड फेस्टिवल’ गरेका छन् ।
फुड फेस्टिवलमा विद्यार्थीहरुले बुलबुले उद्यानमा चिया, पानिपुरी, चटपटे लगायतका विभिन्न परिकारहरु तयार गरेर बेचेका थिए । फुड फेस्टिवलबाट उठेको रकमबाट नारी दिवसका अवसरमा कानुनी सचेतना कार्यक्रम गर्ने साथै विद्यालयका विपन्न तथा आवश्यक विद्यार्थीको लागि स्टेशनरी र महिला लक्षित सेनेटरी प्याड वितरण गर्ने उदेश्यले फुड फेस्टिवल गरिएको विद्यार्थीले जनाएका छन् ।
विद्यार्थीले गरेको यस्ता सिर्जनात्मक कार्यहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउने फुड फेस्टिवलमा उपस्थितहरुले बताएका थिए । साथै विद्यार्थीहरुले पनि सबैको उल्लासमय उपस्थिती र सकारात्मक र रचनात्मक सल्लाह सुझाबका लागि आभार व्यक्त गरेका थिए । फुड फेस्टिवलमा विभिन्न विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय लगायतको उल्लासमय सहभागिता रहेको थियो ।
संवाददाता । मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित